खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
मकवानपुर - हेटौंडा उप महानगरपालिका-३, बसामाडी लेवटमा दुईवटा बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत लेवटको कर चौकीनजिकै दुईवटा बस एक आपसमा ठोकिएका हुन्थि ।
शनिबार बिहान ३ बजेको समयमा काठमाण्डौबाट जनकपुरतर्फ जाँदै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाण्डौ जाँदै गरेको ना ७ ख २०५७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठक्कर खाँदा १ जनाको ज्यान गएको र ३० जना घाइते भएको जिल्लाप्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
घाइतेहरुमध्ये तीन जनाको भरतपुर मेडिकल कलेज र अरुको हेटौंडाका अस्पतालहरुमा उपचार भइरहेको छ । दुघर्टना ज्यान गुमाउनेमा ना ७ ख २०५७ नम्बरको बस चालक रहेका छन् । ४० वर्षीय चालक मानबहादुर मगर साविकको उदयपुरको तत्कालीन वरही गाविस-६ का बासिन्दा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।