प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता हुँदै
मंसिर ७, २०८१ शुक्रबार
ओखलढुंगा - मानेभञ्ज्याङ्गमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
सुनकोशी गाउँपालिकाको सिस्नेरीबाट सदरमुकाम ओखलढुंगा आउँदै गरेको स १ ज १८१२ नम्बरको जीप आइतबार बिहान मानेभञ्ज्याङ्ग गाउँपालिका-५ को बालेथाममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सुनकोसी गाउँपालिका-३ का ४५ वर्षीय हिरा थापा, मानेभञ्ज्याङ्ग गाउँपालिका ६ का ४२ वर्षीय मनकुमारी आले मगर, १० वर्षीय बालक दिनेश श्रेष्ठ, २९ वर्षीया भव माया श्रेष्ठ र चन्द्रबहादुर आले मगर घाइते भएका छन् ।
त्यस्तै सुनकोसी गाउँपालिका ३ का हरि खड्का, रस्मिता थापा, २५ वर्षीय तेलीकुमारी श्रेष्ठ र मानेभञ्ज्याङग गाउँपालिका ५ उदयपुरका कालीमाया राई रहेकी छिन् । प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार घाइते कालीमाया राई र हिरा थापाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा हिरा थापाको हात भाँचिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको सामुदायिक अस्पताल सोब्रुमा उपचार भैरहेको छ ।
जीप अनियन्त्रित भएर दुर्घटना भएको निरीक्षक श्रेष्ठले बताउनुभयो ।
जीप चालक भूपाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।