चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
मकवानपुर - भीमफेदी गाउँपालिका-८, महाभिरमा मोटर बाटो निर्माण कार्य सुरु भएको छ ।
भीमफेदी गाउँपालिकाको कोगटे, महाभिर, धार्के हुँदै फास्टट्रयाक भएर निस्कने सडक निर्माण गर्न लागिएको हो ।
चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँको लगानीमा सडक निर्माण सुरु गरिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । गाउँपालिकाबाट महाभिर पुग्नका लागि १४ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । चालु आर्थिक वर्षमा सडकको ट्रयाक निर्माण गरेर आउँदो आर्थिक वर्षबाट निरन्तर लगानी गरेर हिउँद र वर्षायाममा नै सडकमा गाडी गुडाउने योजना रहेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।
गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँका रुपमा परिचित महाभिरका बासिन्दालाई कुनै कामका लागि गाउँपालिका आउनुपर्दा चार घण्टा पैदल हिँड्नुपर्छ । त्यही समस्या समाधान गर्न सडक निर्माण गर्न सुरु गरिएको अध्यक्ष लामा बताउनुहुन्छ । सडक निर्माण सुरु भएपछि स्थानीय बासिन्दाहरु निकै खुशी भएका छन् ।
साविक इपा गाविसको पाँच वटा वडालाई जोड्ने गरी सडक निर्माण गर्न लागिएको हो । साविकको इपा गाविस-१, गङ्गटेका बासिन्दाको पीडा सुनेर साध्य छैन ।
यहाँका बासिन्दाहरु गाउँपालिका आउन कान्ति लोकपथ भएर पहिले हेटौँडा आउनुपर्छ अनि मात्र भीमफेदी गाउँपालिका जानुपर्ने बाध्यता रहेको छ । सडक निर्माण भएपछि दुई घण्टामै गाउँपालिका पुग्न सकिन्छ ।
गाउँपालिका जाने सडक निर्माण नभएकै कारण यहाँका गाउँमा बिजुलीका तार तानिउ पनि ट्रान्समिटर बोकेर लैजान सकिएको छैन । सडक निर्माण भएपछि यस क्षेत्रका सयौँ परिवार लाभान्वित हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।