इण्डोनेसिया : चुनावपछि भएको हिंसात्मक गतिविधिमा ६ जनाकाे मृत्यु, दर्जनौँ प्रदर्शनकारी गिरफ्तार

 जेठ ८, २०७६ बुधबार १३:१६:३० | एजेन्सी
unn.prixa.net

इण्डोनेसियाका नव निर्वाचित राष्ट्रपति जोको विडोडोको विरोधमा पुन: निर्वाचनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ६ जनाकाे ज्यान गएको  अन्तर्राष्ट्रिय सत्र्चार माध्यमले जनाएका छन् । २ सयजना भन्दा बढी घाइते भएका छन् ।

राजधानी जकार्तामा राष्ट्रपति विडोडोको विरोधमा मंगलबारसम्म शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । तर मंगलबार आन्दोलनले हिंस्रक रुप लियो ।

प्रदर्शनकारीहरुले कारमा आगो लगाए, प्रहरीमाथि पटाका पनि प्रहार गरे । प्रदर्शनकारीहरुको भिडलाई तितर–बितर बनाउन प्रहरीले जवाफी कारबाहीमा अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले दर्जनाैँ प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । 

 

चुनाव परिणाममा राष्ट्रपति विडोडोले आफ्ना लामो समयका प्रतिद्वन्द्वी प्रवोओ सुविआन्तोलाई पराजित गरेका थिए । इण्डोनेशियाको निर्वाचन आयोगले राष्ट्रपति पदमा ५५ दशमलव ५ प्रतिशत मत ल्याउँदै विडोडो विजयी भएको बताएको छ ।

मे २१ मा विडोडो राष्ट्रपतिमा निर्वाचित भएपछि सुविआन्तोका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् । 
 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया