सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीक...
मंसिर ७, २०८१ शुक्रबार
जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिकामा रहेको भेडा फार्मको ५ सय ९० रोपनी सरकारी जग्गाको विवाद प्रकरणमा अनुसन्धान थालिएको छ । तत्कालीन मालपोत कार्यालयका अधिकृत गोविन्द न्यौपाने र आफन्तको नाममा त्यो जग्गा पास गरिएको विषयमा अनुसन्धान थालिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिम्मा लिएको यस घटनाका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अनुसन्धानको लागि थप ११ जनालाई ७ दिन भित्र सम्पर्कमा आउन अख्तियारले सूचना जारी गरेपछि जुम्लामा तरंग छाएको छ ।
जुम्लाका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार सम्पर्कमा ल्याउन भनी पठाइएको एक जनाको मृत्यु भइसकेको छ ।
यो विषय अख्तियारले आफैँ अनुसन्धान गरिरहेको र दुई वर्ष अघि नै सक्कल मिसिल काठमाण्डौ पठाइएको रेकर्ड भएको निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बताउनुभयो ।
अख्तियार दुरुपयोग आयोगका अनुसार यस जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको छ । ‘जुम्ला जग्गा घटनाको अनुसन्धानलाई आयोगले प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ ।’अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भन्नुभयो, ‘सुरुमा जग्गा दर्ता प्रक्रिया अनियमितता भएको भन्दै निवेदन परेपछि आयोगले अनुसन्धान सुरु गरेको हो ।’
घटनाको छानबिन दुई वर्षअघिदेखि नै सुरु भएको थियो । जुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले छानबिन गरी सरकारी जग्गा अवैध रूपमा व्यक्तिको नाममा पास गरेको भन्दै कारबाहीको सिफारिस गर्नुभएको थियो । दुई वर्षपछि अख्तियारले छानबिन अघि बढाए पछि अहिले जुम्लामा निकै ठूलो हलचल भएको छ ।
यसैगरी अख्तियारले गुठीचौर–४ का कविदत्त न्यौपाने, गोमा न्यौपाने, पार्वती न्यौपाने, केशवराज न्यौपाने, नवऋषि न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, विष्णुऋषि शर्मा
न्यौपाने, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने, मायादेवी न्यौपाने र जानकीदत्त देवकोटाको नाममा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।