नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – विभागीय टिम एपीएफले काठमाण्डौमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको समूहको चरणको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हरायो ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय २५ रन बनायो । सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रन बनाए भने विपिन रावलले २१ रन जोडे । त्यस्तै खडक बोहराले १९ रनको योगदान दिए ।
बलिङतर्फ एपीएफका लागि अविनाष बोहराले दुई विकेट लिए त्यस्तै शरद भेषवाकर, पृथु बाँस्कोटा र भुवन कार्कीले समान एक/एक विकेट लिए । सुदूरपश्चिमका पाँच जना खेलाडी रनआउट भएका थिए ।
१ सय २६ रनको लक्ष्य एपीएफले ३४ दशमलव ४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा शरद भेषवाकरले २६ रन बनाए भने सन्दीप जोराले २२ तथा सुमित महर्जनले १५ रनको योगदान गरे । त्यस्तै कप्तान पृथु बाँस्कोटाले अविजित ३४ रन बनाए ।
३६ रनमा पहिलो विकेट गुमाएको एपीएफले ४४ रनमा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि एपीएफले स्कोरबोर्डमा ६९ रन बनाउँदा ५ विकेट गुमाउन पुग्यो । एपीएफका आसिफ शेख तीन, शंकर राना एक तथा भुवन कार्की जम्मा दुई रनमा आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका लागि विनोद लामाले तीन विकेट लिए । त्यस्तै शेर मल्लले दुई विकेट लिँदा विकाश अग्री र नरेन्द्र साउदले समान एक-एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।