गलत सूचना फैलाएको भन्दै इरानी अदालतले सुनायाे पत्रकारलाई दुई वर्षको जेल सजाय

 जेठ २०, २०७६ सोमबार ९:१५:३२ | रासस
unn.prixa.net

सर्वोच्च नेताविरूद्ध गलत सूचना फैलाएको भन्दै इरानी अदालतले एक पत्रकारविरूद्ध दुई वर्षको जेल सजाय सुनाएको छ ।

जेल सजाय सुनाइएका ती पत्रकारलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी तथा इरानी अधिकारीविरूद्ध ‘गलत सूचना फैलाएको’ र ‘अपमानित’ गरेको अभियोग लगाइएको हो ।

अदालतले अर्का पत्रकार मासौद खाजेमीलाई आगामी दुई बर्ष ‘मेडीया गतिविधि’मा सम्लग्न हुनमा समेत रोक लगाएको पत्रकारको पक्षबाट मुद्दा लडेका वकील मोजताहेद जादेहलाई उद्धृत गरी इरानको राज्य सञ्चालित समाचार संस्था (आइआरएनए) ले बताएको छ ।

आदेशमा पत्रकार खाजेमीमाथिका अभियोगबारे प्रष्टरूपमा अन्य विवरण उपलब्ध गराइएको छैन । सुधारवादी पक्षधर एक दैनिक पत्रिका शार्घका रिपोर्टर र सेडा–ऐ–पार्सी मासिक पत्रिकाका प्रधान सम्पादकसमेत रहेका यीखाजेमीलाई दुई हप्ता पहिले पक्राउ गरी अनुसन्धान थालिएको थियो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया