काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
रोल्पा - रोल्पाको रुन्टीगढी गाउँपालिकामा रहेकाे भानु आधारभूत विद्यालयकी शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् ।
गाउँपालिकाको ८ नम्बर वडामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट कक्षा १ देखि ८ सम्म पढ्ने १४ जना विद्यार्थी घाइते भएका हुन् ।
उनीहरूमध्ये पाँच जनाको दाङको तुलसीपुरमा रहेकाे सहारा पोलिक्लिनिकमा उपचार भइरहेको छ भने अन्य ९ जना विद्यार्थीको भने स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातमा गम्भीर चोट लागेकाले प्लास्टर गरिएको छ । शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुर घर्तीको कानको जाली फुटेर सुन्न छोडेको अभिभावक प्रताप घर्तीले बताउनुभयाे ।
विद्यालयमा ढिलोगरी आएको भन्दै आफूहरू लाइन लागेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लठ्ठी प्रहार गरेको पीडित विद्यार्थीहरुको भनाई छ । शिक्षिकाले कुटपिट गर्दा आफूहरु रोइकराई गरेकाे भए पनि अन्य शिक्षकशिक्षिकाहरु छुट्याउन नआई हेरेर बसेकाे विद्यार्थीहरु बताउँछन् ।
घटना जेठ १२ गते भएकाे भए पनि वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र भएका कारण एक हप्तापछि मात्र बाहिर आएको हो ।
पीडित पक्षले इलाका प्रहरी कार्यालय होलेरीमा जेठ १९ गते उजुरी दिएपछि घटना बाहिर आएकाे हाे । विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि उपचारमा पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।