अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
रामेछाप – रामेछापमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
काठमाण्डाैबाट रामेछापका लागि छुटेको बा २ ख ७२४२ नम्बरको अरनिको यातायात सेवा समितिको बस बिहीबार राति लखनपुरको गुरासेँ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परेर ज्यान गुमाउनेमा दोरम्बा गाउँपालिका-६ का उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन् ।
दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरुको बीच बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।
गाडी सडकबाट झण्डै ५० मिटर तल खसेको छ । चालकले रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको दोरम्बा गाउँपालिका-६ लखनपुरका वडाध्यक्ष अम्बिकाप्रसाद गजुरेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।