मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
कञ्चनपुर – एक्स्काभेटर अटोमा ठक्कर दिँदा अटोमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।
महेन्द्रनगरबाट भुजेला गइरहेको से १ क ७३३ नम्बरको एक्स्काभेटरले गड्डाचौकीबाट महेन्द्रनगर आइरहेको म १ ह ७६३ नम्बरको अटोलाई भीमदत्त नगरपालिका–५ वनगाउँमा ठक्कर दिँदा अटोमा सवार ३ जनाको ज्यान गएको हो ।
दुर्घटनामा परेर अटो चलाक र अन्य २ जना यात्री तथा एकजना साइकल यात्री घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयका अनुसार एक्स्काभेटर चालकले मनपरी तरिकाले तीव्र गतिमा सवारी चलाएकाले दुर्घटना भएको हो ।
ट्राफिक प्रहरीको लापरवाहीका कारण अटोमा मापदण्ड विपरीत ६ जना सवारी बोक्ने गरेकाले पछिल्लो समय सडक दुर्घटना बढ्दै गइरहेको स्थानीय नवराज विष्टको आरोप छ । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नरहरी नाथ योगि
June 14, 2019, 10:13 a.m.ujyaalo मा यस्तो समाचार दिदा अलि बिचार पुर्यानु पर्यो एक्साभेटर बाटो मा हिडाउन नै मिल्दैन कसरी अटो लाई हान्छ