बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ - लमजुङको सुन्दरबजार नगरपालिका–८, बलिथुममा रहेको भारती सदन माविमा दिवा खाजाको व्यवस्था गरिएकाे छ ।
विद्यालय र अभिभावकको साझेदारीमा विद्यालयमा जेठ १ गतेदेखि दिवा खाजाको व्यवस्था सुरु गरिएको हो । सुरुवातका चरणमा बाल विकास केन्द्रका साथै कक्षा १, कक्षा २ र कक्षा ३ सम्ममा पढ्ने ३६ जना विद्यार्थीलाई लक्षित गरी दिवा खाजाको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो ।
विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएसँगै विद्यार्थी नियमित विद्यालय आउनुका साथै पढाइमा समेत ध्यान दिने गरेको प्रअ कार्कीले बताउनुभयो ।
‘पहिले विद्यार्थी नियमित विद्यालय आउँदैनथे । पढ्न आएतापनि बीचैमा कक्षा छोडी घर जाने गर्दथे । पढाईमा त्यति ध्यान दिदैँनथे,’ उहाँले भन्नुभयो, ‘विद्यालयमा खाजाको व्यवस्था भएसंगै अहिले विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । पढाइमा ध्यान दिन थालेका छन् ।’
उहाँका अनुसार खाजामा भएको खर्चको मासिक रुपमा हिसाब गरी ५० प्रतिशत रकम विद्यालयले र बाँकी रकम सम्बन्धित अभिभवाकले बेहोर्छन् ।
विद्यालयका शिक्षक नारयाण सेढाइँका अनुसार प्रत्येक अभिभावकले आफ्नो पालोमा विद्यालयसम्म आएर खाजा पकाउनुका साथै विद्यार्थीलाई खुवाउँछन् अनि सरसफाइ गर्छन् ।
‘खाजा पकाउने, खुवाउने र सरसफाइ गर्ने काम अभिभावकले नै गर्नुहुन्छ । प्रत्येक अभिभावकले पालैपालो यो जिम्मेवारी लिनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘यस कामका लागि प्रत्येक अभिभावकको महिनामा एकचोटी पालो पर्छ ।’
विभिन्न संघसंस्थासँग सहयोग माग गरिएको र सहयोग पाएमा सबै विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने विद्यालयको लक्ष्य रहेको प्रअ कार्कीले बताउनुभयो ।
१ सय ६४ विद्यार्थी पढ्दै आएका यस विद्यालयमा ९० प्रतिशतभन्दा बढी दलित र जनजाति समुदायका विद्यार्थी अध्ययनरत छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।