च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – मलेसियामा विषाक्त रक्सी पिउँदा एक नेपालीसहित चार जनाको ज्यान गएको छ । रक्सीकै कारण एक मलेसियन नागरिकले आँखाको ज्योति गुमाएका छन् ।
पछिल्लो ४८ घण्टामा एक नेपाली, एक भारतीय, एक पाकिस्तानी र अर्का एक मलेसियन नागरिकको विषाक्त रक्सीका कारण ज्यान गएको मलेसियाको जोहर प्रहरी प्रमुख दातुक खालिल कदेर मोहम्मदको भनाइ उद्धृत गर्दै मलेसियन अनलाइन द स्टारले उल्लेख गरेको छ ।
मृतकको उमेर ३० देखि ३६ वर्षको भनिए पनि उनीहरुको नाम चाहिँ खुलिसकेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानले मिलुदियर ब्राण्डको रक्सी पिउँदा उनीहरुको ज्यान गएको मलाय मेलले उल्लेख गरेको छ ।
प्रहरीले यो घटनापछि एउटा समूह नै बनाएर विषाक्त रक्सी बेच्नेको खोजी गरिरहेको र अहिलेसम्म ९ जनालाई पक्राउ गरिएको जनाएको छ । यसै साता क्वालालम्पुरमा विषाक्त रक्सी सेवनकै कारण ६ जनाको ज्यान गएको थियो । हाइक्लास ह्वीस्की, अल दियाब्लो सुपर स्ट्रङ ब्रिउ र माट्रिन एक्स्ट्र स्ट्रङ ब्राण्डका रक्सी प्रहरीले जफत गरेको छ ।
गएको वर्ष असोजमा पनि विषाक्त रक्सीकै कारण मलेसियामा १० नेपालीसहित ३३ जनाको ज्यान गएको थियो । त्यतिबेला भने किङ फिसर वियरका कारण ज्यान गएको भनिएको थियो । तर कम्पनीले आफ्नो ब्राण्डका कारण ज्यान नगएको दावी गरिरहेको छ ।
बाहिरबाट हेर्दा विषाक्त रक्सी नचिनिने हुँदा सावधानी अपनाउन मलेसियामा रहेको नेपाली दूतावासले यसअघि नै अनुरोध गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।