विद्युतीय व्यापारसम्बन्धी विधेयक उद्योग समितिबाट पारित
माघ १३, २०८१ आइतबार
कास्की - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेवातालसँगै रहेको रत्नमन्दिर सर्वसाधरणको लागि खुल्ला गर्न पहल गर्ने बताउनुभएको छ ।
कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखराको तालबाराही चोकको बिच भलिबल कोर्टमा बिहीबारदेखि सुरु भएकाे छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता उद्घाटन गर्दै उहाँले यस्ताे अभिव्यक्ति दिनुभएकाे हाे ।
नारायणहिटी दरबार खुल्ला भइसकको अवस्थामा पनि रत्न मन्दिर लुकाएर राखेजस्तो भएको छ, उहाँले भन्नुभयो, अब सर्वसाधरणको लागl खुल्ला गरेर एक दिन भए पनि पोखराको बसाइ लम्बाउनुपर्छ ।
त्यस अवसरमा खेलाडीलाई उत्प्रेरित गर्न र खेलबाट पनि सम्मानित जीवन जीउन सकिन्छ भन्ने वातावरण तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएको चर्चा गर्दै उहाँले यहाँको विकासले समग्र राष्ट्रको विकासमा टेवा पुर्याउने पनि बताउनुभयो ।
बिहीबारबाट सुरु भएको प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, द्वितीयले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कारसहित पदक तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा १४ महिला तथा १७ पुरुष समूहकाे सहभागिता रहेको कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।