लमजुङ-मनाङ जोड्ने पुल बगाउँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या

 असार १२, २०७६ बिहीबार १८:१६:१७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङ र मनाङको सीमानामा पर्ने म्यार्दी खोलामा रहेको बेलिब्रज बाढीले बगाएपछि दैनिक आवतजावतमा समस्या भएको छ । 

गएको वर्ष मात्रै निर्माण गरिएको बेलिब्रिज गत आइतबार दिउँसो आएको बाढीले बगाएको थियाे । बाढीले पुल बगाएपछि बेसीशहर-चामे सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । 

सडक सञ्चालनमा आउन नसक्दा आवतजावतका साथै दैनिक उपभोग्य वस्तु आयातमा समेत समस्या भएको स्थानीय सञ्चारकर्मी नेगम परियारले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले बगाएको म्यार्दी खोलामा आवतजावतका लागि वारपार काठ राखिएको छ ।

बाढीका कारण अवरुद्ध सडक पूर्ण रुपमा खुलाउने प्रयास भैरहेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकारी दिनुभयो । ‘सडकमा बाढीले पुर्‍याएको अवरोध हटाउने प्रयास भैरहेको छ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार अहिले लमजुङ बेसीशहरबाट म्यार्दी खोलासम्म बोलेर जीप पुग्ने गरेका छन् । यसैगरी, मनाङतर्फका यात्रु भने चामेबाट गाडीमा तिमाङसम्म पुग्छन् । तिमाङबाट पैदल हिँडेर दानाक्युसम्म पुग्छन्, दानाक्युबाट गाडीमा तालसम्म पुग्छन् । तालबाट हिँडेर लमजुङको च्याम्चे पुग्छन् र त्यहाँबाट गाडी चढेर बेसीशहर लाग्छन् ।

‘बाढीले पुल बगाउँदा पूर्णरुपमा सडक नखुले पनि स्थानीयका साथै पर्यटकहरु आवतजावत भने गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘पूर्णरुपमा बाटो नखुल्दा तरकारी, फलफूल तथा खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु आपूर्ति हुन सकिरहेको छैन, समस्या भएको छ ।’ 

म्यार्दी खोलामा बेलिब्रिज हुँदा यात्रा सहज हुनुका साथै यात्रा सुरक्षित हुने गरेकोमा पुल बगाउँदा आवतजावतमा निकै समस्या भएको स्थानीयको गुनासो छ । 
 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया