वसन्तपुरमा हाेलीकाे राैनक (तस्वीरहरू)
फागुन २९, २०८१ बिहिबार
फ्राइडे रिलिज अन्तर्गत दुई ओटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनमा आएका चलचित्र हुन् ‘आप्पा’ र ’कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मी’ ।
बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यू चलचित्र हो । अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
लेखक तथा निर्देशक गुरुङले ‘आप्पा’ पूर्ण रुपमा मनोरञ्जनात्मक सिनेमा भएको बताएका छन् । चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा वरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
यस्तै शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मी’ । यो चलचित्र बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित रहेर निर्माण गरिएको हो ।
प्रदीप खड्गीले निर्देशन गरेको चलचित्र ‘कीर्तिपुर द लिजेण्ड अफ कीर्तिलक्ष्मी’मा एसराज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनिराज लावत, सुशिल राजोपाध्याय, सञ्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रलाई विरेन्द्र ताम्राकार, प्रेम खड्गी र अनन्त श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप खड्गी र के.के मानन्धरको संवाद, पटकथा, शंकर महर्जन र नवीन जोशीको छायांकन रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।