लमजुङको बेसीशहरमा ६ अर्बको लागतमा फिल्म सिटी बनाइने

 असार १८, २०७६ बुधबार १९:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लमजुङको बेसीशहरमा अन्तर्राष्ट्रिय स्तरको फिल्म सीटी बन्ने भएको छ । 

बुधबार सञ्चार मन्त्रालयमा एक कार्यक्रमका बीच वर्ल्ड एरिया लाइन भिलेज नेपाल नामक फिल्म सिटीको निर्माण वर्ल्ड एरिया होल्डिङ इटाली र स्काई इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्रालिले  संयुक्त लगानीमा निर्माण हुने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको उपस्थितिमा वर्ल्ड एरिया हाेल्डिङ इटालीका तर्फबाट अध्यक्ष फ्रान्सेस्को सिङ्नाेरिएलो  र स्काई इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्राइभेट लिमिटेड नेपालका तर्फबाट अध्यक्ष आकाश अधिकारीले हस्ताक्षर गर्नुभयो । 

यसको निर्माण लागत अनुमानित ५ अर्ब ९० करोड रुपैयाँ रहेको छ । ५ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको फिल्म सिटीको निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्पन्न चलचित्र छायाङकन र सम्पादनको सुविधा उपलब्ध हुने छ । 

फिल्म सिटीको निर्माणबाट आन्तरिक रोजगारी सिर्जना हुनुका साथै सरकारले राजस्वसमेत प्राप्त गर्ने छ । फिल्म सिटीको निर्माणसँगै त्यस क्षेत्रमा एउटा पाँचतारे होटलका साथै अन्य पर्यटकीय पूर्वाधारसमेत निर्माण गरिने छ ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया