कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री र पाेखराका मेयरलाई भेट्न राेक

 फागुन ४, २०८१ आइतबार १५:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कीर्तिपुर अस्पतालले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यलाई भेट्न रोक लगाइएको छ ।

हिजो पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा घाइते भई अस्पतालमा उपचाररत पौडेल र आचार्यलाई सङ्क्रमणको जोखिम रहेकाले बाह्य मानिसहरूसँग भेटघाट बन्द गरेको अस्पतालले जानकारी दिएको छ ।

अनुहार, हात  तथा गर्धनमा जलन भएका उहाँहरूको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । डाक्टरहरूले थप २४ घन्टा निगरानीमा राख्नुपर्ने बताएका छन् । उहाँहरूको अवस्था सुधार भइरहे पनि सङ्क्रमणको जोखिम रहेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि बिहान राष्ट्रपति रामचन्द्र पौडेलले पनि अस्पतालमै पुगेर उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया