वागमती सिँचाइ आयोजनाले नहरमा पानी नछोडेपछि सर्लाहीमा राेपाइँ भएन

 असार २१, २०७६ शनिबार १७:७:४१ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - वागमती सिँचाइ आयोजनाले नहरमा पानी नछोडेपछि सर्लाहीमा धान रोपाइँ प्रभावित भएको छ।

आयोजनाको चरम लापर्वाहीका कारण असारको अन्तिम साता भइसक्दा पनि सर्लाहीका किसानले अहिलेसम्म रोपाइँ गर्न पाएका छैनन्।बागमती सिँचाइँ आयोजनाकाे मूल नहर र बाँधमा मर्मतको काम भइरहेकाले पानी छोड्न नसकिएको आयोजना प्रमुख विनयकुमार गामीले जानकारी दिनुभयो।

अहिले मर्मतको काम अन्तिम चरणमा पुगेकाले अबको दुइ दिनमा नहरमा पानी छोड्ने र नदीमा पानीकाे सतह कम भएकाले पालैपालो गरी पानीको व्यवस्था गर्ने आयोजना प्रमुखको भनाइ छ। यसरी आयोजनाले समयमै नहरमा पानी नछोड्दा किसानको धान रोपाइँ प्रभावित हुनुका साथै खेतमा रहेको धानकाे बीउ डढ्न थालेको छ।

झण्डै एक तिहाइ खेतको धान रोपाइँ गरिसक्नु पर्ने बेलामा पनि रोपाँइ सुरू नभएपछि यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ।यस वर्ष सर्लाहीमा ४२ हजार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको उत्तरी क्षेत्रका अधिकांश खेतमा आकाशे पानीको भरमा रोपाइँ हुँदै आएकोले त्यस क्षेत्रमा उत्पादन घटने पूर्वानुमान गरिएको छ।

सासापुरका किसान रामनरेश महतोले भन्नुभयो, आकाशबाट पानी नपरेकाले खेतमा रोप्न राखेको धानाको बीउ मरेर सकियो, अब कहाँबाट बीउ ल्याएर रोप्नु रु खेत बाँझो हुने भयो ।

जिल्लामा बागमती सिँचाइ आयोजना र मनुष्मारा सिँचाइ आयोजना गरी दुइ वटा ठूला सिँचाइ आयोजना सञ्चालनमा रहेका छन् । बागमती सिँचाइ आयोजनाले जिल्लाको ठूलो खेतियोग्य जग्गामा सिँचाइ सुविधा पुर्‍याएको छ भने मनुष्माराले दक्षिणी क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याएको छ।

यस वर्ष वागमती सिँचाइ अयोजनाको लापर्वाहीका कारण किसानले अहिलेसम्म पनि धान रोपाइँ गर्न नपाएको हरिपुर-१का किसान सोमकुमारी कार्कीले गुनासो गर्नुभयो। त्यसैगरी श्रीपुरका किसानहरुले अब पनि सिँचाइले नहरमा पानी नछोडे अन्दोलन गर्ने चेतावली दिएका छन्। सर्लाहीमा असार लागेदेखि नै राम्रोसँग पानी नपर्दा किसानलाइ धानको बीउ जोगाउन मुस्किल परेको छ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया