भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुस ११, २०८१ बिहिबार
कञ्चनपुर – कञ्चनपुरका जोखिमबाट फर्केका र पर्नसक्ने अवस्थाका २४ जना किशोरी व्यावसायिक तालीम लिएर स्वरोजगार भएका छन् ।
माइती नेपालले जोखिममा परेका किशोरीलाई व्यावसायिक तालीम दिई स्वरोजगार बनाएको हो । बेचबिखनको जोखिममा परेर फर्केका र जोखिममा पर्नसक्ने किशोरीलाई ‘एडभान्स सिलाइकटाइ’ र होटेल मेनेजमेण्ट तालीम दिएर स्वरोजगार बनाइएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।
एक जना किशोरीलाई सिलाइकटाइ र अन्य २३ जनालाई होटेल मेनेजमेण्ट तालीम दिइएको उहाँले बताउनुभयो । सिलाइकटाइ तालीम पाएका बेलौरीका किशोरीले घरमै पसल राखेर कार्य गरिरहेको र होटेल मेनेजमेण्ट तालीम लिएका पोखरा, चितवन, काठमाडौँ लगायतका होटेलमा वेटरदेखि कुकका रुपमा कार्यरत रहेको उहाँको भनाइ छ ।
सिलाइकटाइको व्यावसायिक कार्यमा लागेका किशोरीलाई सिलाइ मेशिनसहित आवश्यक सामग्री माइती नेपालका तर्फबाट उपलब्ध गराइएको छ ।
‘जोखिमबाट फर्केका दुई जना किशोरीलाई हेल्थ असिस्टेण्ट र फार्मेसी अध्ययनका लागि छात्रवृत्ति दिइएका छौँ,’ उहाँले भन्नुभयो, ‘पढाइको सबै खर्च संस्थाले व्यहोर्ने व्यवस्था गरेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।