फाल्गुनन्द गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र सलहेश यु...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै - नवलपरासीका ईश्वरी पौडेल, चार दिनअघि साउन १० गते यूएई उड्ने तयारीमा हुनुहुन्थ्यो । घरबाट ८ गते बिदा भएर निस्कने तयारीमा रहेका ईश्वरीलाई ५ गते नै काठमाण्डौबाट एक जना साथीले फोनमा भने : 'विदेश उडाउने एजेण्ट त भाग्यो ।'
प्रहरीबाट अवकाश लिएका ईश्वरीलाई एजेण्ट रम्तुल्ला मियाले यति विश्वास दिलाएका थिए की आफू प्रहरी भएर पनि शंका गर्ने ठाउँ नै भेट्नुभएको थिएन । भिसा आयो भन्दै इमोमार्फत कपि पठाएका थिए । १० गते उडान हुन्छ भनेर मिति नै तोकेका थिए ।
तर यति धेरै विश्वास दिलाएका एजेण्ट ईश्वरीको पैसा लिएर बेपत्ता भए । ईश्वरी नचिनेका एजेण्टको कुरामा विश्वास गर्दा ठगीमा पर्नुभयो । तर बाराका बर्मदेव यादवलाई त आफ्नै मामाले ठगे ।
बर्मदेवलाई उहाँका मामाले असार १२ गतेभित्र ओमान पठाइदिने भन्दै ८५ हजार रुपैयाँ मागे । मामाले नै विदेश पाठइदिन्छु भनेकाले उहाँले सयकडा पाँचका दरले ऋण काढेर मागेजति पैसा दिनुभयो ।
तर टीकाटालो गरेर पैसा दिनुपर्ने मामा उल्टै भाञ्जाको पैसा कुम्ल्याएर फरार भए । मामाले ठगेको रकम फिर्ता पाउँ भन्दै बर्मदेवले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको छ ।
नचिनेका एजेण्टबाट ठगिएका ईश्वरी चाहिँ प्रहरीको अपराध महाशाखामा उजुरी दिने तयारीमा हुनुहुन्छ । ईश्वरी र बर्मदेव मात्रै होइन, यसरी ठगीमा पर्ने अरु पनि धेरै छन् ।
गएको आर्थिक वर्षमा मात्रै यसरी ठगीमा परेका २०३९ उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएको छ । आफू चनाखो हुने हो भने ठगीबाट बच्ने विभिन्न उपायहरु छन् ।
वैदेशिक रोजगारीमा हुने ठगी रोक्नकै लागि सरकारले मोबाइल एपदेखि एसएमएस, हरेक पालिकामा रोजगार सेवा केन्द्र र अनलाइन प्रणालीको शुरुवात भएको छ।
सरकारको नयाँ नियमअनुसार अब कसैले पनि एजेण्ट बनेर विदेश पठाउने काम गर्न पाउँदैन । विदेशमा हुने काम, कमाइ र सेवासुविधाको बारेमा एजेण्ट वा म्यानपावरको भर पर्नै पर्दैन ।
अनलाइनबाटै पनि जानकारी लिन सकिन्छ । अनलाइनको पहुँच छैन भने फोन गर्दा पनि हुन्छ । स्वदेश र विदेशको रोजगारीको जानकारीसँगै गुनासो सुन्न सिंहदरबारभित्रै कल सेन्टरको स्थापना भएको छ ।
फोन गरेर सबै जानकारी लिन र गुनासो राख्न सकिन्छ ।
वैदेशिक रोजगारीकामा हुने ठगी र यसबाट बच्ने उपायबारे विस्तृतमा थाहा पाउन मंगलबार बिहान ८ बजेको नेपालखबर पछि प्रसारण हुने कार्यक्रम ‘देश परदेश’ को अंक ३७० सुन्न नभुल्नुहोला ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।