आज देशभरको मौसम सामान्यतया सफा रहने, चिसो बढ्यो
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा ठगी सम्बन्धी मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । साइप्रस पठाइदिने भन्दै ठगी गरेर ७ वर्षदेखि फरार रहेकी काठमाण्डौ सितापाइला निवासी ४३ वर्षीया पुनम नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा पठाउन पाइने ईजाजतपत्र बिना नै उनले ६ महिनाभित्र साइप्रस पठाइदिन्छु भन्दै पीडित शान्त कुमार तामाङबाट २०६६ साल असार २९ गते १० लाख पचास हजार रुपैयाँ लगेकी थिइन् ।
तर आफूलाई साइप्रस नपठाएर पैसा ठगी गरेको आरोपमा तामाङले उनीविरुद्ध अदालतमा मुद्दा दिनुभएकाे थियाे । अदालतले पुनमबाट १५ लाख ७५ हजार रुपैयाँ तामाङलाई दिलाउनु पर्ने फैसला पनि गरेको थियो ।
यति मात्र नभएर ‘वैदेशिक रोजगार कसूर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६९ असार ३१ गतेको फैसलाले पुनमलाई एक वर्ष ६ महिना कैद र एकलाख पचास हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि पुनम फरार भएकी थिइन् ।
पुनम नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएकाे टाेलीले मंगलबार सितापाइलाबाट पक्राउ गरेको हो ।
बुधबार फैसला कार्यान्वयनको लागि उनलाई काठमाण्डौ जिल्ला अदालतमा पेश गरेपछि कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा, काठमाण्डौमा पठाइएको ब्यूरोले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।