६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासामा रहेकाे एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने अनुमति दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले औद्योगिक पार्क निर्माणका लागि चीनको कम्पनीलाई डीपीआर तयार पार्न अनुमति दिएको हो । ६४ अर्ब नेपाली रुपैँयामा निर्माण हुने पार्कको डीपीआर तयार पार्ने स्वीकृति चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट र जोन जिङपिङ क्रिएशन कन्स्ट्रक्सन कम्पनीलाई दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
बोर्डले विराटनगरमा लजिष्टिक पार्क निर्माणका लागि अध्ययन गर्न सीजी ग्रुप र सराफ ग्रुपलाई दिने निर्णय पनि गरेको छ । त्यसैगरी जनकपुरमा निर्माण गर्न लागिएको लजिष्टिक पार्कको अध्ययन गर्न पनि एक नेपाली कम्पनीलाई अनुमति दिने निर्णय गरिएको पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनु भयो ।
त्यसैगरी तमोर जलाशययुक्त विद्युत आयोजनाको विकासका लागि २१ दिन भित्र चाइना कन्सट्रक्सन पावर र जापान–कतारको ज्वाइन्ट भेन्चरमा सञ्चालित एउटा कम्पनीलाई प्रस्ताव पेश गर्न पनि आह्वान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।