काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
गुफामा फसेका १२ जना ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडीसहित एक फुटबल प्रशिक्षकको उद्धार गरिएको छ ।
गएको जुन २३ गतेदेखि १ फुटबल प्रशिक्षकसहित १२ जना गुफामा फसेका थिए । गुफाबाट गएको आइतबार चार, सोमबार चार र मंगलबार पाँच जनाको उद्धार गरिएको हो । फुटबल कोचसहित १२ जना बालकलाई गुफाबाट टोलीले सकुसल उद्धार गरेको हो ।
गुफामा फसेका सबैकाे उद्धार गर्न १८ दिन लागेकाे हाे । उनीहरुलार्इ निगरानीका लागि अस्पतालमा सातदिनसम्म राखिने थाइ अधिकारीहरुले जनाएका छन् । संक्रमण नफैलियाेस भनेर उनीहरुलार्इ अलग–अलग राखिएकाे छ । एक हप्ता अस्पताल बस्नुपर्ने कारण उनीहरु विश्यकप फुटबलमा सहभागी हुने सम्भावना न्यून रहेकाे छ ।
उद्धार कार्यमा विभिन्न देशका उद्धार टोलीको सहभागिता रहेको थियो । गुफामा चारजना उद्धारकर्ताहरु रहेको र उनीहरु पनि निस्कने क्रममा रहेको बीबीसीले जनाएको छ ।
बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालक र प्रशिक्षक सुरक्षित भएको पत्ता लगाएका थिए । उद्धारकर्ताहरुले उनीहरुसँग गरेको कुराकानीको भिडियो नै सार्वजनिक गरेका थिए ।
१८ दिनसम्म लगाएर गुफामा फसेका सबैको सकुशल उद्धार गरेको भन्दै विश्वका नेताहरुले उद्धारकर्ताहरुको प्रशंसा गरेका छन् । बेलायतकी प्रधानमन्त्री टरिजा मे ले सफलतापूर्वक उद्धार सम्पन्न भएका भन्दै उद्धारकर्ताहरुको प्रशंसा गर्नुभएको छ ।
Delighted to see the successful rescue of those trapped in the caves in Thailand. The world was watching and will be saluting the bravery of all those involved.
— Theresa May (@theresa_may) July 10, 2018
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।