धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
भोजपुर – डेढ महिनादेखि पहिरोले अवरुद्ध सडक बस व्यवसायीहरुको सक्रियतामा सदरमुकाम भोजपुरेदेखि टक्सार, गुम्बा हुँदै दक्षिणका तीन स्थानीय तह जोड्ने सडक सञ्चालनमा आएको छ ।
सडक मर्मतमा भोजपुर नगरपालिकाले चासो नदेखाएपछि व्यवसायीहरुले बन्द रहेको मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् । दक्षिणका तीन वटा आमचोक, रामप्रसाद राई, हतुवागढी गाउँपालिका साथै दिक्तेल खोटेहाङ गाउँपालिकासम्म जोडिएको सडक मर्मतमा बस व्यवसायी आफै जुटेका हुन् ।
व्यवसायीहरुले गत असारको वर्षातले भत्काएको सडक आफ्नै पहलमा मर्मत गरेर यातयात सञ्चालनमा ल्याएका छन् । ‘नगरपालिकामा सडक मर्मतको लागि धेरै पटक अनुरोध गर्यौँ, चासो नदिएपछि झण्डै १२ किलोमिटर सडक डोजर लगाएर बनायौँ’, तत्कालीन संयुक्त बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले बताउनुभयो । मोक्तान भन्नुभयो, ‘सरोकारवाला पक्षलाई धेरै पटक गर्दा समेत चासो नदिएपछि हामी आफैले मर्मतमा गर्यौँ ।’
नगरपालिकालाई धेरै पटकको अनुरोधपछि काम थाले पनि नगरपालिकाले काम बीचैमा छोडेपछि व्यावसायी आफैले मिलेर सडक मर्मत गरेका हुन् । नगरपालिकाले ३ दिन लगाएर करिब ५० मिटर मात्र सडक बनाएर बजेट सक्न देखावटी सडक मर्मत गरेको व्यवसायीहरु बताउँछन् ।
‘१२ किलोमिटर सडक हामीले दुई दिनमा मर्मत गरेर यातायात सञ्चालन ल्याएका छाैँ, धेरै पटक अनुरोध गरेपछि नगरपालिकाले तीन दिनमा झण्डै ५० मिटर सडक मात्र खनेको छ । यसले नगरपालिका काम गर्नभन्दा पनि बजेट सक्न लागेको देखिन्छ’, तत्कालीन संयुक्त बस व्यवसायी संघका अध्यक्ष मोक्तान बताउनुहुन्छ ।
नगरपालिकाले गर्नुपर्ने काममा नागरिकको सेवालाई ध्यानमा राख्दै व्यवासायी अग्रसर भएपछि स्थानीयले पनि सडक मर्मतमा सहयोग गरेका थिए ।
सडक मर्मतमा पटक–पटक अनुरोध गर्दा समेत नगरपालिकाले चासो नदिएपछि उनीहरु आक्रोशित बनेका छन् । ‘बाटोमा पहिरो गएर अवरोध भएको एक महिना बढी भयो, तर सरोकारवाला पक्षले भने कुनै चासो देखाएन, दैनिक उपभोग्य सामान ढुवानी, गर्भवती, बिरामी तथा अशक्त सर्वसाधारणलाई डोको तथा स्ट्रेचरमा बोकेर ल्याइरहेका छन्, यसमा जनप्रतिनिधिको ध्यान कहाँ गयो ?’, स्थानीय दिनेशकुमार मगरले गुनासो गर्नुभयो ।
सदरमुकामबाट दक्षिणका तीन ओटा गाउँपालिकासँग जोड्ने मुख्य सडक हो । पिखुला खोलापारीको सडक त्यहाँका स्थानीय तहले यसअघि नै मर्मत गरेको भए पनि नगरपालिका क्षेत्रको सडक भने बन्द रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।