चिनियाँ ह्याकरले निकालेको पैसा साटिदिने ३ जना नेपाली पक्राउ

 भदौ १६, २०७६ सोमबार १७:७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ ह्याकर समूहले निकालेको पैसा साटिदिने ३ जना नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र नेपालय मनी एक्सचेन्जका सञ्चालहरु रोशन श्रेष्ठ तथा म्यानेजर रेवती दवाडी रहेको प्रहरीले जनाएको छ ।

चिनियाँ ह्याकरहरुले एटीएम ह्याक गरेर लिकालेको २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए ।

पक्राउ परेका चिनियाँहरुसँगको बयानका आधारमा पैसा साट्ने मनी एक्सचेञ्जका सञ्चालकहरु पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिनुभयो ।

एटीएम ह्याक गरी पैसा निकालेको जानकारी भएर पनि पैसा साटेर चिनियाँलाई भगाउन सहयोग गरेको देखिएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।  साथै मनी एक्सचेञ्जले स्रोत नखुलेको ठूलो रकम साटेकाले थप अनुसन्धान समेत भइरहेको प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।

एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा शनिबार पाँच जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा पैसा लिएर भाग्दै गरेका अर्का एक जना चिनियाँ नागरिक आइतबार साँझ त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

अहिलेसम्म एटीएम ह्याक प्रकरणमा ९ जना पक्राउ परिसकेको र यसबारेमा अझै अनुसन्धान भइरहेको बोगटीले बताउनुभयो ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया