प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता हुने
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर यो निर्णय भदौ २१ अर्थात शनिबारदेखि मात्रै लागु हुनेछ ।
मन्त्रालयको स्वीकृतिपछि दुग्ध विकास संस्थानको बोर्ड बैठकले यसबारे निर्णय गर्न बैठक बोलाएको बोर्डका एक कर्मचारीले जानकारी दिए । ‘हामीले दूधकाे मूल्य बढाउनेबारे भर्खरै मन्त्रालयबाट स्वीकृति पायाैँ’, संस्थानका ती कर्मचारीले भने, ‘बैठक बसेरै दूधको मूल्य बढेको निर्णय गर्दैछौँ ।’
अब दूधको मूल्य एक लिटरको ७६ रुपैयाँ पर्नेछ । यसअघि ७० रुपैयाँ लिटरमा दूध किनबेच हुने गरेको थियो । दूधको मूल्य बढाउने गएको साउन मसान्तमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा समिति गठन गरिएको थियो ।
कार्यदलले १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममा ८.२८ रुपैयाँ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सिफारिस गरे पनि मन्त्रालयले हाललाई ६ रुपैया मात्र बढाउन स्वीकृति दिएको हो ।
मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने संस्थानको दाबी छ । त्यसको ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले पाउने भनिएको छ ।
महंगीका कारण किसानको लागत बढेसँगै दूधको मूल्य बढेको दुग्ध विकास संस्थानले जनाएको छ । दूधको मूल्य बढाउन किसानले पटक पटक दबाब दिदै आएका थिए । तर मन्त्रालयले यसबारेमा सरोकारवालासँग परामर्श गरेर दुधको मूल्य बढाउन निर्णय गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।