चितुवाको आक्रमणबाट बैतडीमा एक बालकको ज्यान गयो

 भदौ २१, २०७६ शनिबार ८:१७:३५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – शुक्रबार राति बैतडीको तल्लोस्वराड क्षेत्रमा नरभक्षी चितुवाको आक्रमणवाट एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका वडा नम्बर २ टाणीखर्क निवासी रामसिंह मडैका ७ वर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका साढे ७ बजेतिर घरमै खेलिरहेका बेला चितुवाले एक्कासि सुदीपमाथि  आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।

चितुवाले आक्रमण गरी बेपत्ता बनाएका बालकको शव सवा ११ बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको चिरभोले जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । अहिले बालकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने तयारी भएको उहाँले बताउनुभयोे ।

२०६८ सालयता बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट २४ जनाको ज्यान गइसकेको छ भने दर्जनाैँ घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका नागरिक त्रसित बनेका छन् । त्यस क्षेत्रका नागरिक त्रसित बनेपछि थप सुरक्षा परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया