पालिका उपचुनाव : बिहानैदेखि मतदाताको उत्साहजन सहभागिता (फो...
मंसिर १६, २०८१ आइतबार
रसुवा – रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ ।
चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेर तेस्रो मुलुकका नागरिकलाई समेत प्रवेश अनुमति दिएपछि आगमन बढेको हो । रसुवागढी अध्यागमन कार्यालयका अनुसार सन् २०१५ देखि यो नाका हुँदै पर्यटक आउने क्रम सुरु भएको हो ।
त्यसयता ९९ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । विसं २०७२ वैशाख १२ गते आएको भूकम्पपछि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट ९९ हजार २ सय १२ पर्यटक नेपाल आएको कार्यालयको तथ्याङ्क छ ।
सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको थियो । त्यो महिना २ सय ९१ पर्यटक आएका थिए । सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार ४७८, सन् २०१८ मा २९ हजार १ सय ५४ र सन् २०१९ को ८ महिनामा २२ हजार ८ सय ४९ पर्यटक नेपाल आएका कार्यालयको तथ्याङ्क छ ।
सन् २०१५ मा चिनियाँ पर्यटक मात्र आएका थिए । २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेको अध्यागमन अधिकृत विष्णु घर्तीले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।