६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
अमलेखगञ्ज, बारा – विभिन्न चुनौती पन्छाएर पेट्रोलियम पाइपलाइनको काम सकिएकोमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपालको प्रशंसा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेपछि अमलेखगञ्जमा भएको विशेष कार्यक्रममा आईओसीका पदाधिकारीले नेपालको प्रशंसा गरेका हुन ।
‘मानवबस्ती भएको र निकुञ्ज क्षेत्रमा पनि नेपालले सक्रियतापूर्वक काम गरेर योजना सकिएको छ, म नेपालको प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु’, आईओसीका कार्यकारी निर्देशक जेपी सिन्हाले भन्नुभयो ।
निकुञ्ज रहेको ९ किलोमिटर क्षेत्रमा काम गर्न निकै गाह्रो हुने देखिए पनि नेपालले सजिलो बनाइदिएकोमा उहाँले नेपालको प्रशंसा गर्नुभयो । उहाँले अब भारतदेखि नेपालसम्म एलपीजी ग्यास पाइपलाइनको पनि काम सुरु गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
पेट्रोलियम पाइपलाइनको सफलताले ग्यास पाइपलाइनको संभावना उच्च देखाएको उहाँको भनाइ छ । अत्यन्तै सुरक्षित, भरपर्दो र वातावरणमैत्री भएकाले पनि पाइपलाइनबाटै इन्धनको कारोबार गर्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै आईओसीका अर्का कार्यकारी निर्देशक अविजित चौधरीले एक वर्षसम्म पाइपलाइनको सञ्चालन र मर्मत सम्भारमा सहयोग र सहकार्य हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पाइललाइन बनाइदिएकोमा आईओसीलाई धन्यवाद दिनुभयो । उहाँले अब कुनै अवरोध र अप्ठेरोबिना नेपालले भारतबाट तेल ल्याउन सक्ने जानकारी दिनुभयो । ‘३ वर्षमा सक्ने योजना १५ महिनाअघि नै सम्पन्न भएको छ, अब हामी कुनै अवरोधबिना डिजल ल्याउन र बिक्री गर्न सक्छौँ’, उहाँले भन्नुभयो ।
पेट्राेलियम पाइपलाइनबारे उज्यालाेले तयार पारेकाे भिडियाे सामग्री हेर्नुहाेस्
यस्तै नायब कार्यकारी निर्देशक सुशील भट्टराईले २०/२१ वर्षदेखि निकै कुरा भए पनि काम नभएको तर पछिल्लो ३/४ वर्षमा द्रुत गतिमा भएको कामले गर्दा सफलता हात लागेको बताउनुभयो ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।