गाजामा ३ घण्टा ढिलो गरी युद्धविराम शुरू
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भएको सम्पत्ति उत्पादनमा लगाउन साझालाई आग्रह गर्नुभएको छ ।
साझा भण्डार सहकारी संस्था लिमिटेडको १३ औंँ वार्षिक साधारणसभालाई मंगलबार काठमाण्डौमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
देशभर छरिएर रहेको अवस्थामा साझासँग प्रशस्तै सम्पत्ति रहेकाे भन्दै त्यसलाई परिचालन गरेर उत्पादनमा लगाउन शेयर सदस्यहररुलाई मन्त्री अर्यालले आग्रह गर्नुभएको हो ।
‘शेयर सदस्यहरूले अलि मन फुकाउनुस् । साझामा लगाएको शेयर डुब्ला कि भन्ने डर नमान्नुस्, उत्पादनमूलक क्षेत्रमा काम गर्नेगरी अगाडि बढ्नुस’, उहाँले भन्नुभयाे ।
मन्त्री अर्यालले विगतमा साझा भण्डारले गुणस्तरीय उपभोग्य वस्तु जनस्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै अब पनि गुणस्तरीय सामग्री, वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।
अर्को प्रसंगमा मन्त्री अर्यालले सहकारी सिद्धान्त, मर्म विपरीत रातारात सहकारीले कमाउने सपना देखेपछि सहकारीमा विकृति आएको बताउँदै त्यसलाई समयमै रोक्न सकिने बताउनुभयो ।
सबै सहकारीलाई प्रणालीमा सिस्टममा आउन आग्रह गरिएको भन्दै उहाँले सहकारीमा राखेकाे रकम परिचालन गरेमा मात्रै फाइदा हुने र सहकारी संस्था लगानीको निम्ति बाधक भए कानुन संशोधन गरेर जाने कुरामा सरकार अगाडि बढेको बताउनुभयो ।
अब सहकारी संस्थाका सञ्चालकहरू पनि क्षमताका आधारमा प्रतिस्पर्धात्मक ढंगबाट निर्वाचित हुने प्रणालीको विकास गरिएको भन्दै उहाँले त्यसको व्यवस्था सहकारी नियमावलीमा गरिएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।