गाजामा ३ घण्टा ढिलो गरी युद्धविराम शुरू
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट देशका कुनै पनि प्रतिभाले उपेक्षित हुनु नपर्ने बताउनुभएको छ ।
राष्ट्रिय विज्ञान दिवस–२०७६ का अवसरमा बुधबार सन्देश दिँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने ध्येयका साथ वर्तमान सरकारले ज्ञान र वैज्ञानिक सोचमा आधारित समाज निर्माण गर्ने विश्वव्यापी मान्यतालाई अङ्गीकार गरेको बताउनुभएको छ ।
‘विज्ञान, प्रविधि र नवप्रवत्र्तन, आर्थिक–सामाजिक रुपान्तरणको नारासहित मनाइँदै गरेको यस वर्षको विज्ञान दिवसले देशको आर्थिक–सामाजिक रुपान्तरणमा विज्ञानको महत्वलाई अझ बढी उजागर गर्ने छ भन्ने मेरो विश्वास छ’ उहाँले सन्देशमा भन्नुभएको छ ‘नेपालको संविधानले वैज्ञानिक अध्ययन–अनुसन्धान तथा प्राविधिक उन्नयनलाई विकाससम्बन्धी नीतिमा समाहित गर्ने भावना अघि सारेको छ । सोहीअनुरुप सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अभिवृद्धि गर्दै वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखेकोे छ ।’
सन्देशमा उहाँले विश्वव्यापी रूपमै अर्थतन्त्रको धार ज्ञान निर्देशित हुँदै गएको परिप्रेक्षमा समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक हुने बताउनुभएको छ । उहाँले नेपालको शैक्षिक र वैज्ञानिक परम्परा शताब्दीऔं पुरानो भएको उल्लेख गर्दै वैज्ञानिक ढङ्गले विश्वकै अध्ययन गर्ने हाम्रा पूर्वजप्रति हामीले गर्व गर्नुपर्ने बताउनुभएको छ । ‘बाँकी दुनियाँ अन्धकारमा रहेका बेला यही भूभागमा अनेकन आविष्कार भएका थिए’, उहाँले भन्नुभएको छ, ‘हामीले आफ्नो गौरवमय परम्पराको स्मरण गर्दै फेरि यहाँ विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रिय विकासको दीर्घकालीन सोचबमोजिम सन् २१०० सम्म समुन्नत राष्ट्रको स्तरमा पुग्ने गरी विकासको गतिलाई बढाउन वर्तमान सरकार दृढ–सङ्कल्पित रहेको उल्लेख गर्दै लक्ष्य हासिल गर्न सरकारले विज्ञान तथा प्रविधिको अपरिहार्य भूमिकालाई उच्च महत्व प्रदान गरेको स्पष्ट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘विज्ञान र प्रविधिको क्षेत्रमा दिगो र निरन्तर लगानी सुनिश्चित गर्दै प्रविधि र नवप्रवर्द्धनात्मक सोचलाई देशको आर्थिक–सामाजिक रूपान्तरणको आधार बनाउन पनि यो सरकार दृढ रहेको छ ।’
उहाँले विज्ञान शिक्षालाई चेतनाको मेरुदण्ड उल्लेख गर्दै विज्ञान शिक्षाकै आधारमा गुणस्तरीय प्राविधिक शिक्षामार्फत उत्पादनशील जनशक्तिको विकास गर्दै नवप्रवत्र्तनलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो । ‘विज्ञान–प्रविधिको विकासबाट आर्थिक समृद्धि हासिल गर्न यस दिवसले हामीलाई थप प्रेरणा दिने विश्वास लिएको छु’ सन्देशमा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।