हमासले पहिलो चरणमा रिहा हुने तीन जना इजरायली बन्धकको नाम स...
माघ ६, २०८१ आइतबार
गोरखा – साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले प्रशासन यन्त्रलाई कामै गर्न नदिने कर्मचारी युनियन खारेज गर्नुपर्ने बताउनु भएको छ ।
साझा पार्टीको गोरखा संयोजक घोषणा सभामा बोल्दै नेता मिश्रले कर्मचारी युनियन, शिक्षक युनियन, प्राध्यापक युनियनहरु सबैलाई खारेज गर्नुपर्ने बताउनुभयो । आफ्नो पार्टी सरकारमा आएमा सबै कर्मचारी युनियनलाई खारेज गर्ने उहाँको भनाइ छ ।
कर्मचारी युनियनले आफू र नेताको काम मात्र गर्ने, राष्ट्रको काम नगर्ने गरेको मिश्रको आरोप छ । सर्वसाधारण नेपालीले तिरेको राजस्वबाट तलब खाएका एकजना नासु, एकजना खरदारले कर्मचारी युनियनको बलमा सचिवको टेबुल ठटाएर, सचिवलाई कालोमोसो लगाएर अनैतिक काम गर्न दबाब दिने गरेका उहाँको भनाइ छ ।
राजनीतिक दलका शुभेच्छुक संगठन, भातृ संगठनका रुपमा रहेका सबै कर्मचारी युनियन, सबै शिक्षक युनियन, प्राध्यापक युनियन खारेज गरेमा मात्रै देशमा बल्ल सुशासन सुरु हुने संयोजक मिश्रको दाबी छ ।
कर्मचारीतन्त्रभित्र आफ्नो मान्छे भए मात्र काम हुने गरेको, नेता, बिचौलिया र बोलवाला भएकाहरुको काम हुने गरेको तर सर्वसाधारणको काम गर्न अत्यन्तै कठिन हुने गरेको उहाँले तर्क गर्नुभयोे । कार्यक्रममा बोल्दै नेता मिश्रले २०४६ सालदेखि यताका नेपालका सबै नेता, उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा सीमित नेता, बिचौलिया, उच्चपदस्थ कर्मचारीको स्तर निरन्तर उकासिइरहेको भन्दै उहाँले नेपाललाई साँच्चिकै बदल्ने हो भने भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
साझा पार्टी सरकारमा आएमा २०४६ साल यता राजनीतिक, प्रशासनिक र अन्य उच्च नेतृत्वमा रहेका सबैको सम्पत्ति छानबिन गर्ने पनि मिश्रको दाबी छ ।
नेपाली राजनीति सुध्रिने बाटोमा नरहेको नेता मिश्रको तर्क छ । खराब नेताहरु सिंहदरबारमा बसेर शासन चलाउने, असल नागरिकहरु छेउमा बसेर हेरिदिने परम्परा रहुञ्जेल यो देश नबदलिने मिश्रको भनाइ छ । नागरिकहरु अहिले देश चलाइरहेका राजनीतिक पार्टीको मायाजालमा फसेकाले देश नबनेको पनि मिश्रको तर्क छ ।
साझा पार्टीले गाेरखाकाे संयाेजकमा व्यवसायी तथा समाजसेवी किशाेर रेग्मीलाई चयन गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।