कांग्रेसको नाराबाजीकाबीच मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकको प्रतिवेदन पेश

 असोज ५, २०७६ आइतबार १८:५६:५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - कांग्रेसकाे नाराबाजीका बावजुद मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेश भएकाे छ।

आइतबार रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधेयक फिर्ता लिन माग गर्दै यस अघि पनि संसद अवरुद्ध पार्दै आएको थियो । 

सभामुख प्रदिपकुमार भण्डारीले आफ्नो ठाउँमा गएर बस्न भन्दै गर्दा कांग्रेसले नाराबाजी जारी राखेपछि सामाजिक विकास समितिकी सभापति सरिता थापालाई समितिबाट प्राप्त प्रतिवेदन सभामा प्रस्तुत गर्न अनुमति दिइएकाे थियाे ।

अगाडी नाराबाजी चल्दै गर्दा सामाजिक विकास समितिकी सभापति सरिता खड्काले समितिको प्रतिवेदन सुनाउनुभएकाे थियाे । अधिनायकवादी अभ्यास बन्द गर, संसदीय सर्वाेच्चता कायम गर लगायतका नारा लगाउँदै कांग्रेसले संसद बैठक अवधिभर नाराबाजी गरेको थियो । अवरोधकै बीच प्रदेशसभामा विधेयकबारेको प्रतिवेदन पेश भयो । सामाजिक विकास समितिका सभापति सरिता खड्काले प्रतिवेदन प्रस्तुत गरेलगत्तै प्रदेश सभाको बैठक स्थगित भएको थियो ।  

विधेयकका केही बुँदा संशोधन हुनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको कांग्रेसले विधेयक सदनमा छलफल नै नगराउन आग्रह गर्दै आएको थियो । कांग्रेसले विधेयक फिर्ता हुनुपर्ने भन्दै आइतबार नै सभामुख प्रदीपकुमार भण्डारीलाई पत्र दिएको थियो । 

मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक विधेयक जस्तो नभइ एउटा विद्यालय व्यवस्थापन समितिको दस्तावेज जस्तो भएको कांग्रेसको आरोप छ । विज्ञसँग परामर्श लिएर र थप छलफल गरेर मात्र सभामा ल्याउन भनिएको विधेयक समितिमा समेत आन्तरिक छलफल नभइ आएको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको आरोप छ । 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया