सरकारले बिनाप्रतिस्पर्धा आयाेजनाहरु ठेक्कामा दिएर ठूलै आर्थिक चलखेल गरेकाे छ : देउवा

सभापति देउवालाई गाली गरेर मात्रै पार्टी अघि बढ्दैन : महामन्त्री काेइराला

 असोज ६, २०७६ सोमबार १४:४८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाउनु भएको छ । 

सभापति देउवाले संविधान र कानुनविपरीत बूढीगण्डकी जलविद्युत् आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गर्नुभयो ।

‘बिना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बूढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई अघि बढाइएको छ’, देउवाले भन्नुभयो, ‘संविधान र कानुनी रुपमा पनि बिना प्तिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएपछि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको स्पष्ट हुन्छ ।’ 

कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले लेख्नुभएको पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाण्डौमा विमोचन गर्दै देउवाले ओली सरकारले शून्य सहनशीलताका कुरा गरेर देशलाई भ्रष्टाचारको काण्डै काण्डमा डुबाएको दाबी गर्नुभयो । सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको र त्यो सह्य नहुने चेतावनी दिनुभयो । 

त्यस्तै कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम समावेश गरिएको पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा मात्रै पनि आफ्नो पार्टी आगामी निर्वाचनमा विजयी हुने दाबी गर्नुभयो ।

उहाँले पार्टीलाई अघि बढाउन पार्टीभित्रको एकतामा पनि जोड दिनुभयो । पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने महामन्त्री कोइरालाको भनाइ थियो ।

महामन्त्री कोइरालाले नेकपा नेतृत्वको वर्तमान सरकारले गरेका काम र पार्टी नेतृत्वको विगतका सरकारले गरेका कामको पनि तुलनात्मक अध्ययन हुने गरी पुस्तक लेख्नुपर्ने आवश्यक्ता रहेकाे औंल्याउनु भयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया