भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए
पुस ३, २०८१ बुधबार
धनुषा – जनकपुरमा लुटपाट गरी आतंक मच्चाउने एक समूहमाथि प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । शिवचोक र भानुचोकको बीचमा रहेको जनकपुरधाम उपमहानगरपालिका कार्यालय अगाडिको जानकी फर्निसिंगमा लुटपाट गरिरहेको बेला प्रहरीले गोली प्रहार गरी २ जना भारतीय नागरिकसहित ४ जना पक्राउ गरेको हो ।
प्रहरी नायब निरीक्षक (सब–इन्सपेक्टर) सन्तोष झाको कामण्डमा रहेको प्रहरीको गस्ती देखेपछि लुटेराले नलकटुवा पेस्तोल देखाएर भाग्न खोज्दा प्रहरीले प्रतिवादमा तीन गोली प्रहार गरेको थियो ।
प्रहरीले प्रहार गरेको गोली लुटेराको दुवै खुट्टामा लागेको थियो । प्रहरीको गोली लागेर रौतहटको गौर नगरपालिका–४ घर भएका ४५ वर्षका विनोदप्रसाद सिंह घाइते भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, पक्राउ पर्ने अन्य तीन जनामा रौतहटकै वृन्दावन नगरपालिका–१ रमौली बैरियाका ३५ वर्षका गगन पटेल, भारतको विहार राज्य सितामढी जिल्ला पिपराढी इसलामपुर बस्ने ४० वर्षीय मोहम्मद इलयास र यही ठाउँका ३९ वर्षीय ओजिर अन्सारी रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कर्यालय धनुषाले बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा प्रयोग हुने गोली २ राउण्ड, ताल्चा काट्ने औजार १ थान, ठूलो पेचकस १ थान, नेपाली ७ सय रुपैयाँलगायतको समान बरामद भएको उपरीक्षक खनालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।