हमासले पहिलो चरणमा रिहा हुने तीन जना इजरायली बन्धकको नाम स...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले जम्मू–कश्मीरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक भएको बताउनुभएको छ ।
काठमाण्डौमा रहेको पाकिस्तानी दूतावासमा एक कार्यक्रमको आयोजना गर्दै नेपालका लागि पाकिस्तानका राजदूत जावेदले कश्मीरका जनताको इच्छा विपरीत भारत सरकारले सम्झौताको धारा ३७० निलम्बन गर्नु अवैधानिक भएको धारणा राख्नुभयो ।
केही मानव अधिकारकर्मी, सामाजिक अभियन्ताहरुसँग छलफल गर्दै राजदूत जावेदले भारत सरकारको यस कदमलाई संयुक्त राष्ट्र संघले समेत असन्तुष्टि व्यक्त गरेको बताउनुभयो ।
राष्ट्रसंघले भारत सरकारले जम्मू–कश्मीर राज्यलाई विशेष अधिकार दिइएको धारा ३७० लाई निष्क्रिय बनाएपछि भारत र पाकिस्तानबिच सन् १९७२ मा भएको शिमला सम्झौता स्मरण गर्न भनेको छ । शिमला सम्झौतामा जम्मू–कश्मीरका विषयमा अन्तिम स्थिति निर्धारण गर्न संयुक्त राष्ट्रको चार्टरलाई ध्यानमा राख्दै आवश्यक कदम चालिने उल्लेख छ ।
राजदूत जावेदले सिमला सम्झौतामा स्पष्ट भनिएको भए पनि भारत सरकारले एकलौटी निर्णय गर्नु गलत कदम भएको भन्दै सबैले विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले भारत सरकारले लगाएको कर्फ्यूको कारण लाखौँ तीर्थ यात्री आफ्नो संस्कृतिक अधिकार प्रयोग गर्नबाट बञ्चित भएको पनि गुनासो गर्नुभयो ।
पाकिस्तानले भारत सरकारकाे निर्णय नभइ कश्मीरी जनताकाे निर्णयलाई आधार बनाउनुपर्ने भन्दै अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउँदै आएको छ । भारत सरकारको निर्णयलगत्तै चीन र टर्कीले निर्णय सुखद् नभएको टिप्पणी गरेका थिए तर दक्षिण एसियाका बंगलादेश, श्रीलंका र माल्दिभ्सले भने भारत सरकारको निर्णयको समर्थन गरेका छन् ।
त्यस्तै युरोप तथा अमेरिकाका शक्तिशाली राष्ट्रहरुले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।