हमासले पहिलो चरणमा रिहा हुने तीन जना इजरायली बन्धकको नाम स...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालमाथि कसैको दबाब वा प्रभाव हेर्न नचाहेको बताउनु भएको छ ।
राजदूत बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा उभिएको र उभिनै रहने विश्वास पनि व्यक्त गर्नुभयो । शुक्रबार काठमाण्डौमा आयोजित ‘नेपालमा अमेरिकी कूटनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ मा नेपालले आवश्यक्ता महसुस गरे सहभागी हुन सक्ने बताउनुभयो । तर त्यसका लागि नेपालमाथि आफ्नो देशले कुनै पनि प्रकारको दबाब वा प्रभाव केही पनि नदिने राजदूत बेरीको भनाइ थियो ।
चीनले अघि सारेको ‘बीआरआई’ अवधारणामाथि नेपालमा बहस भैरहेका बेला अमेरिकी राजदूत बेरीले आफ्नो देशले पनि इन्डोप्यासिफिक क्षेत्रको हितका लागि ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ अघि सारे पनि त्यो रणनीतिमा नेपाललाई साझेदार बन्न दबाब नदिने प्रष्टयाउनु भएको हो ।
उहाँले अमेरिकाले नेपाल चीन, भारत, अमेरिका वा अन्य देशको पक्षमा नभई आफ्नै पक्षमा उभिएको हेर्न चाहेको पनि स्पष्ट पार्नुभयो । दुई देशबीचको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गराउँदै राजदूत बेरीले नेपाललाई अमेरिकी सरकारले हरेक वर्ष सहयोग गर्दै आएको पनि स्मरण गराउनुभयो ।
यस वर्ष पनि अमेरिकाले सहयोगस्वरुप मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजनाअन्तर्गत नेपाललाई ५० अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने राजदूत बेरीले बताउनु भयो । उहाँले नेपालको गरिबी निवारण र आर्थिक विकासमा सहयोग पुर्याउने अमेरिकी सरकारको लक्ष्य रहेको पनि बताउनुभयो । राजदूत बेरीले नेपाल भूपरिवेष्ठित देशका रुपमा स्वतन्त्र र सार्वभौम देश रहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन आफ्नो देश सदा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
राजदूत बेरीले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन उच्चस्तरको राजनीतिक भ्रमण भैरहेको र भविष्यमा समेत भैरहनै रहने पनि बताउनुभयो । उहाँले नेपालमा भुटानी शरणार्थी व्यवस्थापनमा अमेरिकाले सहयोग गरेको स्मरण गराउँदै अन्य क्षेत्रको पनि पहिचान गरी सहयोग उपलब्ध गराउने योजना रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।