सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
भारतले बुधबारदेखि टेस्ट च्याम्पियनशिप अन्तरगतको दोस्रो सिरिज खेल्दै छ । वेस्टइण्डिजविरुद्ध सिरिज जित्दै शीर्ष स्थानमा रहेको भारतले बुधबारदेखि घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेस्ट खेल्न लागेको हो ।
दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि भारतीय टिममा परिवर्तन गरिएको छ । विश्वकपपछि महेन्द्रसिंह धोनीको विकल्पको रुपमा हेरिएका ऋषभ पन्तले राम्रो प्रदर्शन गर्न नसकेपछि उनलाई दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा बाहिर राखिएको छ । भारतीय टिमका कप्तान विराट कोहलीले ऋषभ पन्त प्लेयिङ सेटमा नभएको पुष्टि गरेका छन् । पन्तको ठाउँमा ऋद्धिमन साहाले खेल्ने छन् ।
वेस्टइण्डिज सिरिजमा २ पटक गोल्डेन डक आउट हुँदा पनि प्रशिक्षक रवि शास्त्रीले पन्तमाथि आशा कायमै राखेका थिए । २१ वर्षीय पन्तले दक्षिण अफ्रिकाविरुद्धको टी-२० मा पनि उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि उनलाई टेस्ट टिमबाट बाहिर राखिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।