टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
सल्यान - बालविवाह गराइरहेको आरोपमा प्रहरीले सल्यानको शिद्धकुमाख गाउँपालिकाबाट ७ जनालाई पक्राउ गरेको छ ।
बालविवाह हुँदै गरेको गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले शिद्धकुमाख गाउँपालिका-४, चाँदेकरञ्जीबाट उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा १९ वर्षीय दुलाहा र १९ वर्षीय नै दुलहीसहित दुलाहाका बुवा लोकबहादुर बोहरा र आमा माया बोहरा, दुलहीका बुवा रत्नबहादुर रावत र कलौटी रावत तथा विवाह गराउने पण्डित रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।
यसैगरी जाजरकोटकाे कुसे गाउँपालिका-९ घर भएका पुराेहित २५ वर्षीय नविन आचार्य पनि उनीहरुसँगै पक्राउ परेका छन् । उनी हाल शिद्धकुमाख गाउँपालिका ४ मा बस्दै आएको प्रहरीले जनाएको छ ।
शिद्धकुमाख गाउँपालिका-२ शिद्देश्वरी घर भएकी १९ वर्षीया किशाेरीकाे बिहीबार स्थानीय परम्परा अनुसार विवाह हुन लागेकाे थियो ।
सल्यान प्रहरी बालविवाहको मुद्धामा अहिले निकै जोडतोडका साथ लागिरहेको छ । केही समय अघि खैराबाङ मन्दिरमा हुन लागेको सरमुकामकै बालविवाह पनि प्रहरीले रोकेको थियो भने शारदा नगरपालिकाकै पिपलनेटामा पनि एक जोडीकाे उद्धार गरिएकाे थियाे ।
आफूहरुले बालविवाह रोक्न सचेतनामा विशेष जोड दिएको डीएसपी खतिवडाले बताउनुभयो । कानुन उल्लंघन गरी बालविवाह गरेमा जाेसुकैलाई पनि कानुन अनुसार कारबाही हुने बताउँदै सल्यान कर्णाली प्रदेशमा सबैभन्दा बढी बालविवाह हुने जिल्ला भएकाले धेरैले यसलाई गम्भीर रुपले नलिँदा समस्या भएको उहाँले बताउनुभयो ।
कानुनले वालविवाह गराउनेहरुलाई तिनवर्ष सम्मको कैद र तिस हजार रुपैँया सम्मको जरिवानाहुन सक्ने व्यवस्था गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।