सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
टेस्ट मान्यता राष्ट्र आयरल्याण्डविरुद्ध घरेलु टोली ओमान ४३ रनले विजयी भएको छ । १७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १६.२ ओभरमा १३० रनमा अल आउट भयाे ।
आयरल्याण्डका लागि केभिन ओब्राइनले ३९ रन बनाउँदा एन्डि बालबर्नीले १९ रनको योगदान गरे । मार्क आदिर १८ तथा ह्यारि टेक्टरले १२ रन जोडेका थिए । घरेलु टोली ओमानलाई जित दिलाउन खबर अली र मोहमद नादिमले तीन तीन विकेट लिँदा बिलाल खान र अमिर कलिमले दुई दुई विकेट लिए ।
ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टाेलीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७३ रन बनाएको थियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । सुरुवात राम्रो नगरे पनि ओमानका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गर्न सफल भए ।
खाता खोल्न नपाउँदै ओपनर खबर अली आउट भएपछि ओमानले शून्य रनमा नै पहिलो विकेट गुमायो । दोस्रो विकेटका लागि जतिन्दर सिंह र अकीब लियासले पनि खासै राम्रो साझेदारी गर्न सकेनन् । अकीब २१ रनमा पेभेलियन फर्किए ।
त्यसलगत्तै कप्तान जीसान मक्सुदपनि सात रनमा आउट भएपछि ओमानले ४४ रनमा तीन विकेट गुमायो । तर त्यसपछि जतिन्दर र आमिर कालिमले ८३ रनको साझेदारी गरेपछि ओमानको पारी सम्हालिएको थियो । तर जतिन्दर ४० रनमा आउट हुँदा ओमानले एक सय २७ रनमा चौथो विकेट खेर फाल्यो ।
त्यसको लगत्तै आमिर कालिम व्यक्तिगत ४६ रनमा पेभेलियन फर्किए । जसका कारण ओमानले एक सय ४० रनमा पाँचौ विकेट खेर फाल्यो । लगत्तै खुराम नवाज खाता खोल्न नपाउँदै आउट भए । ओमानका पुछारका खेलाडी सस्तैमा आउट हुन पुगे । बलिङमा आयरल्याण्डका स्टुवार्ट थोमसनले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।