तालिबानले अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने

 असोज २०, २०७६ सोमबार १९:४३:४१ | रासस
unn.prixa.net

फाइल तस्बिर

‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म हामी अमेरिकी सेनामाथि हमला गर्न जारी राख्नेछौँ र हामी सरकारको शीर्षकमा काबुल प्रशासनसँग वार्ता गर्दैनौँ र हामीले त्यस्ता वार्तालाई यसअघि अस्वीकार गरिसकेका छौँ,’  तालिबान लडाकू समूहका प्रवक्ता जबीउल्लाह मुजाहिदले बताएका छन् ।

गएकाे महिना काबुलमा भएको एक बम विस्फाेटमा एक अमेरिकी सैनिकको मृत्यु भएपछि संयुक्त राज्य अमेरिका र  तालिबानबीच शान्ति वार्ता हुन सकेको थिएन ।  

तालिबान र पाकिस्तानबीच अफगान शान्ति सम्बन्धमा नयाँ वार्ता भइरहेको छ, यद्यपि अफगान सरकारले उनीहरूलाई समर्थन गरेको छैन । तालिबानले काबुलको प्रशासनलाई अमेरिकी कठपुतली ठाने र उनीहरूको विश्वासलाई अस्वीकार  गर्ने बताएका छन् । 

अफगानिस्तानका राष्ट्रपतिका पूर्व सल्लाहकार दाउद सुल्तानजोयका अनुसार शान्ति वार्तामा संलग्न देशहरूले बाँकी सहभागीहरूसँगको आत्मविश्वास बढाउन आवश्यक भएको बताउनु भएको छ । अफगानी तालिबान समूहको प्रतिनिधिमण्डल र पाकिस्तानबीच शान्तिवार्तालाई पुनः सञ्चालन गर्ने विषयमा गएकाे  बिहीबार सहमति भएको  थियो  ।

अमेरिकी मध्यस्थतामा वार्ता चलिरहेको र वार्ता सहमतिनजिक पुगेको बताइरहेका समय अफगानिस्तानको काबुलमा भएको एक विष्फोटमा एक अमेरिकी कर्मचारीको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको सुरूमा अकस्मात तथा एकतर्फी रूपमा तत्कालका लागि वार्ता अवरूद्ध भएको घोषणा गर्नुभएको थियो ।

तालिवान राजनीतिक आयोगको एक प्रतिनिधिमण्डलले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीलाई उहाँको मन्त्रालयमा भेट गरी शान्ति वार्ता फेरि आरम्भ गर्ने विषयमा छलफल भएको पाकिस्तानी स्रोतले जनाएको थियो  । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया