सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
गएकाे अगस्ट १ तारिखदेखि सुरु भएकाे आईसीसी टेस्ट च्याम्पियनशिपमा ९ टिमले प्रतिस्पर्धा गरेका छन् । त्यसमा पाकिस्तानले अहिलेसम्म कुनै सिरिज खेलेको छैन ।
९ टिमले २०२१ सम्म ६ वटा टेस्ट सिरिज खेल्नेछन् र त्यसका शीर्ष स्थानमा रहने टीमले उपाधि भिडन्त गर्नेछन् । सबै टिमले तीनवटा सिरिज आफ्नै देशमा र तीन वटा सिरिज विदेशमा खेल्नुपर्नेछ ।
शीर्ष २ मा अटाउने टिमले २०२१ को जुनमा लर्डसमा हुने फाइनल खेल्नेछन् ।
अहिलेसम्म अस्ट्रेलिया र इंग्ल्याण्डले पाँच पाँच तथा भारतले ३ तथा श्रीलंका, न्यूजिल्याण्ड र वेस्ट इण्डिजले दुई दुई टेस्ट खेलेका छन् । भारतले ३ खेलमा तीन वटैमा जित हात पार्दै अहिलेसम्म १६० अंक जोड्दैै तालिकाको शीर्ष स्थानमा छ ।
दोस्रो स्थानमा रहेकाे न्यूजिल्याण्डले ६० अंक जोडेको छ । २ खेलमध्ये न्यूजिल्याण्डले एउटा जितेकाे र अर्काेमा हार ब्यहोरोको थियाे । तेस्रो स्थानमा रहेकाे श्रीलंकाको पनि ६० अंक छ । श्रीलंकाले पिन खेलेका दुईमध्ये एउटा जितेकाे र अर्काे हारेकाे थियाे ।
चौथो स्थानमा अस्ट्रेलिया रहेको छ । अस्ट्रेलियाले ५ खेल खेल्दा २ मा जित २ मा हार र १ मा ड्र गर्दै ५६ अंक मात्रै जोडेको छ । पाँचौं स्थानमा रहेको इंग्ल्याण्डको नतिजा पनि अस्ट्रेलियाको जस्तै छ ।
छैटौँ र सातौँ स्थानमा रहेका टिमले अंक नै जोड्न सकेका छैनन् । दक्षिण अफ्रिकाले पहिलो खेल नै हार ब्यहोरेका कारण अंक जोड्न असफल रह्यो । सातौँ स्थानमा रहेको वेस्ट इण्डिजले दुवै खेल हारेको थियो ।
पाकिस्तान र बंगलादेशले प्रतियोगिता नै सुरु गरेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।