बाँकेको राप्ती नदीबाट जलमा आश्रित चरा गणना शुरु
माघ ६, २०८१ आइतबार
गोरखा – समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व–प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ठूला पदमा बसेका व्यक्तिहरु विभिन्न आशंकामा गिरफ्तार हुँदा लोकतन्त्रको छवि बिग्रिएको बताउनुभएको छ ।
गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । ‘जनप्रतिनिधिहरु आपराधिक गतिविधिमा संलग्न हुनु, आशंकामा गिरफ्तार हुनु यसलेचाहिँ लोकतन्त्रको छवि बिगारेको छ यसलाई अलि गम्भीरतापूर्वक लिनुपर्छ’ भट्टराईले भन्नुभयो, ‘यसको अर्थ फेरि लोकतन्त्र असफल भयो भन्ने होइन, लोकतन्त्र थियो र पो यस्ता अपराध बाहिर आए ।’
हिजो निरंकुशतन्त्रमा भएका ठूला अपराधका घटना कहिल्यै बाहिर नआउने गरेकोमा अहिले जुनसुकै ओहोदाको ब्यक्ति पनि कसूर अनुसार कारवाहीको भागिदार हुन्छ भन्ने सन्देश भएको उहाँको भनाइ छ । ‘हिजो निरंकुश तन्त्रमा ठूला–ठूला अपराध हुन्थे, नमिता सुनिता काण्डहरु हुन्थे, विभिन्न प्रकारका ठूला तस्करीमा दरबार संलग्न भएको कुरा गाइगुइँ आउँथ्यो, तर त्यो कहिल्यै टुंगोमा पुगेन’ उहाँले भन्नुभयो, ‘लोकतन्त्र छ अहिले, त्यसो भएको हुनाले नागरिकको प्रतिनिधि र सभामुख भएको मान्छेसमेत पनि गल्ती गर्यो भने समातिन्छ भन्ने सन्देश भएको छ, त्यसलाई सकारात्मक ढंगले लिनुपर्छ ।’ तर गल्ती र बदमासी गर्नेलाई दण्डित गर्नुपर्ने भन्दै भट्टराईले यो पार्टी र ऊ पार्टी भनेर ढाकछोप गर्न नहुने बताउनुभयो ।
भट्टराईले समाजवादी पार्टी छिट्टै सरकारबाट बाहिरिने बताउनुभएको छ । सत्ताका साझेदारको रुपमा नभै संविधान संशोधनका लागि दुई तिहाइ पुर्याउन मात्रै अहिलेको सरकारलाई साथ दिएको भन्दै उहाँले तर सरकारले संविधान संशोधन गर्ने संकेत नदेखाएको बताउनुभयो । ‘डेढ दुई वर्ष भैसक्यो अब सरकारमा बसिरहनुको औचित्य रहँदैन, सरकार बाहिर निस्किएर जनताको पक्षमा लाग्ने र पार्टीको आधार खडा गर्ने काम गर्छौं’ उहाँले भन्नुभयो, ‘उहाँहरुले कुनै चासो देखाइरहनु भएको छैन, प्रधानमन्त्रीले संविधानको संशोधनको कुरा गर्नेलाई छेडखानी गर्नुहुन्छ, यो त दिनदिनै गाइरहने गीत हो भन्नुहुन्छ अब सरकारबाट बाहिरिनुको विकल्प छैन ।’ समाजवादी पार्टीको अब बस्ने केन्द्रिय समितिको बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने सम्भावना रहेको भट्टराईको भनाइ छ ।
राष्ट्रिय जनता पार्टीसँग पनि पार्टी एकताबारे छलफल भैरहेको उहाँले जानकारी दिनुभयो । ‘पुराना शक्तिबाट परिवर्तन सम्भव हुँदैन, परिवर्तनकामी पक्षधर शक्तिहरु र विशेष गरि ५२ सालपछि उदय भएका र अग्रगामी सोच राख्ने सबैसँग सहकार्य गर्ने, एकता र ध्रुवीकरण गर्ने नीति हो ।’ भट्टराईको भनाइ छ ।
यसअघि पार्टीले गरेको चियापान कार्यक्रममा बोल्दै भट्टराईले सत्तारुढ दलका नेताको कमिशन मोहका कारण बूढीगण्डकी जलविद्युत आयोजना अन्यौलमा परेको बताउनुभयो । चीनका राष्ट्रपतिको पछिल्लो भ्रमणका क्रममा बूढीगण्डकी आयोजना आफैँले बनाउनेबारे कुरा हुने अपेक्षा गरेकोमा त्यसो नभएकोमा भट्टराईको असन्तुष्टि छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।