वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा '...
कात्तिक ३०, २०८१ शुक्रबार
दाङ – आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि दाङ निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट नेपाली कांग्रेसले १० जनाको नाम जिल्लामा सिफारिस गरेको छ ।
३ नम्बर क्षेत्रको ‘ख’ बाट कांग्रेसले प्रदेशसभा सदस्यको उम्मेदवारका लागि जिल्ला कार्यसमितिमा १० जनाको नाम सिफारिस गरेको हो ।
क्षेत्र नम्बर ३ को ‘ख’ का सभापति खिमबहादुर वलीको अध्यक्षतामा बसेको बैठकमा बसी किरण शाह, केशव आचार्य, खिमप्रसाद खराल, चुडामणि ढकाल, जगत खडका, टिका घर्ती, भरत केसी, मदन रसिक, शंकर डाँगी, सुरेश हमालको नाम जिल्लामा पठाएको हो ।
जिल्लामा सिफारिस भएका यी नामहरूबाट छनौट गरी जिल्लाले तीन जनाबाट एक जनाको नाम टुंगो लगाउन केन्द्रमा सिफारिस गर्नेछ ।
दाङ क्षेत्र नम्बर ३ को ‘ख’ का तत्कालीन प्रदेश सांसद उत्तरकुमार वलीको कार दुर्घटनामा निधन भएपछि यो क्षेत्र खाली रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।