बाँकेको राप्ती नदीबाट जलमा आश्रित चरा गणना शुरु
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाइ राख्नुपर्ने चुनौती थपिएको बताउनुभएको छ ।
भर्खरै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उहाँले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताउनुभएको हो । सञ्चार केन्द्र नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको अन्तर्क्रियालाई सम्बाेधन गर्दै उहाँले सबै ठूला राष्ट्रका आ-आफ्ना किसिमका स्वार्थ हुने र ती स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट आफूलाई जोगाइ राख्नु मुख्य चुनौती भएको बताउनुभयो ।
नेपालले पञ्चशील सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसँगको सम्बन्ध कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयाे, ‘धेरै माया गर्याे भने खत्रै हुन्छ जस्तो । किनभने सबका आफ्ना आफ्ना हितहरु हुन्छन् । हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन् । नेपाल यी सबै चीजबाट जोगिनुपर्छ । नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कायम हुनुपर्छ ।’
उहाँले गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गर्नुभयो । दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उहाँले 'चिची पनि पापा पनि' को संज्ञा दिँदै त्यस्तो सुविधा असम्भव रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दुइटा नाउमा खुट्टा राख्ने मान्छे सागर तर्न सक्दैन । चिची पनि पापा पनि हुँदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा प्रस्ट हुनुहोस् ।’
नेता नेपालले पुँजी, सीप र प्रविधिको राम्रो प्रयोग गरेर देशलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नियम कानुनलाई खुकुलो बनाइ लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै रोजगारीको अवसरहरु बनाउनुपर्ने बताउनुभयो ।
विश्वका कतिपय राष्ट्रहरुको दृष्टान्त दिँदै उहाँले सरकारले गैर आवासीय नेपालीलाई सम्मान गर्दै देशको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।