डब्ल्यूसीएल : ललितपुरले दियो पोखरालाई १ सय २३ रनको लक्ष्य

 कात्तिक ४, २०७६ सोमबार १३:४३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाैमा भइरहेको वुमन्स च्याम्पियन्स लिग डब्ल्यूसीएल क्रिकेट प्रतियोगितामा ललितपुर फाल्कोन्सले पोखरा पल्टनलाई १२३ रनको लक्ष्य दिएको छ ।

सबै खेलमा पराजित भएका दुई टिमले सोमबारको जितसँगै प्रतियोगिता टुंग्याउने लक्ष्यमा छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

ललितपुरका लागि ममता चौधरीले सर्वाधिक ५२ रनमा नट आउट रहिन् । कवित जोशीले ३१ रन बनाउँदा सम्झना खड्काले १० रनको योगदान गरिन् । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखराका लागि सिता रानामगरले २ विकेट लिँदा नविना खड्का, अञ्जली चन्द र राजमति ऐरीले एक एक विकेट हात पारे ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया