गाजामा युद्धविरामको पहिलो चरण लागू : कैदीबन्दीको रिहाइदेखि ...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - आउँदो मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
मंगलबार र बुधबार पोखरामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता डाक्टर सूर्यराज आचार्यले जानकारी दिनुभयो ।
कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीले सबैभन्दा पहिले उम्मेदवारको टुंगो लगाएको हो । साझा पार्टीकी उम्मेदवार रजनी केसी लामो समयदेखि सामाजिक अभियन्ता रहेको पार्टीले जनाएको छ । उहाँले सुरक्षित मातृत्व सञ्जाल महासंघ, नेपाल परिवार नियोजन संघलगायत विभिन्न संघ संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुल्नु भएको छ ।
गएको वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उहाँ साझा पार्टीमा संलग्न हुनु भएको थियो । उहाँले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गर्नु भएको छ । लामाे समय कांग्रेसमा आबद्ध केसी पछिल्लाे केही समयअघि मात्रै साझा पार्टीमा प्रवेश गर्नु भएकाे हाे ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र नम्बर दुईमा सांसद पद रिक्त रहेको छ । अधिकारीले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबाट साझा उम्मेदवार बन्दै चुनाव जित्नुभएको थियो ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।