एन्फा महिला लिगमा आज त्रिभुवन आर्मी र वालिङ नगरपालिका खेल्दै
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
महानगरीय प्रहरी परिसरले महरालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थपका लागि अदालत उपस्थित गराएको थियो । बिहीबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीले अनुसन्धानका दुइटा पाटा मोबाइल फोन कल डिटेल तथा आरोपित र पीडित भनिएका दुवै जनाको डीएनएको रिपोर्ट आइनसकेको भन्दै अनुसन्धानका लागि थप समय माग गरेको थियो ।
संसद सचिवालयमा कार्यरत एक कर्मचारील यौन दुर्व्यवहारको आरोप लागेपछि महरालाई प्रहरीले गएको असोज १९ गते साँझ पक्राउ गरेर हिरासतमा राखेको छ ।
काठमाण्डौ जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । तर दुवै पटक थपिएको म्यादमा पनि अनुसन्धान नसकिएपछि प्रहरीले बिहीबार फेरी ७ दिनको म्याद थप्न माग गर्दै महरालाई अदालत पेश गरेको थियो ।
प्रहरीलाई अब थपिएको ७ दिनमा जसरी पनि अनुसन्धान सकेर मिसिल सरकारी वकिल कार्यालयमा बुझाउनु पर्ने दबाब छ । प्रहरीले अनुसन्धानका लागि कुनै पनि व्यक्तिलाई २५ दिन हिरासतमा राख्न पाउँछ । त्यसपछि भने प्रहरीले आफूले जति अनुसन्धान गरेको त्यसको मिसिल बुझाउनु पर्ने हुन्छ । यसअघि जिल्ला सरकारी वकिलले महरासँग ७ घण्टा लामो बयान लिइसकेको छ ।
अदालतले ७ दिन पुनः म्याद थपेसँगै महरा अब कात्तिक १४ गतेसम्म हिरासतमै रहनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।