२ पटकको अग्रता जोगाउन नसक्दा म्यानमारसँग बराबरीमा रोकियो नेपाली यू-२३ फुटबल टिम

 कात्तिक ९, २०७६ शनिबार ६:२९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानमार यू-२३ विरुद्ध दुई पटक अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको छ । शुक्रबार कतारकाे राजधानी दाेहामा भएकाे खेलमा पहिलो हाफको दोस्रो मिनेटमै अनन्त तामाङको गोलमार्फत अग्रता पाएको

नेपालले पहिलो हाफको नियमित समय सकिन ५ मिनेट बाँकी रहेका बेला नेपालले गोल खान पुग्यो । दोस्रो मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई हेडरमार्फत दोस्रो मिनेटमै अनन्तले गोल गरेका थिए ।

४०‌‌औँ मिनेटमा म्यानमारले खेलमा बराबरी गर्न सफल भयो । यसका लागि लुई मोइले गोल गरे । तर खेलको ६० औ मिनेटमा नेपालले फेरि अग्रता बनायो । नेपालका लागि रेजिन सुब्बाले गोल गरे । तर लगत्तै म्यानमारले गोल फर्कायो । जसका कारण खेल २–२ को बराबरी भयो ।

८६ औँ मिनेटमा म्यानमारले प्रहार गरेको कडा प्रहारलाई नेपाली गोलरक्षक असिमजंग कार्कीले बचाएका थिए । नेपालमा आयोजना हुने १३ औँ सागको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया