अमेरिकामा टिकटक बन्द
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको निधन भएको छ ।
सुवेदी दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद बन्नुभएको थियो । तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ सुवेदीको ५० वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
उहाँको शनिबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाउनु भएको थियो ।
उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा पार्टीका महासचिव विष्णु पौडेल, नेताहरु अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यलगायतका नेता कार्यकर्ता पुगेका थिए ।
रामेछापको मन्थली घर भएकी सुवेदीको श्रीमान, एक छोरी र एक छोरा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।